श्रीमतीलाई प्रयोग गरेर ‘हनी ट्रयापिङ’, दम्पती पक्राउ

खबर बुक
  • ख-
  • ख+

श्रीमतीलाई प्रयोग गरेर ‘हनी ट्रयापिङ’ गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिना राउत रहेका छन् ।
राउतले सामाजिक सञ्जालहरूमा पुरुषहरूसँग साथी बनेर अश्लील कुरा गर्ने र त्यसैलाई आधार बनाएर बास्तोलाले बार्गेनिङ गर्ने गरेको काठमाडौं उपत्यका अनुसन्धान प्रहरी कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।

पक्राउ परेकामाथि ठगीमा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले योजनावद्ध तरिकाले सामाजिक सञ्जाल फेसबुकमा महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराएर झुटा मुद्दा लगाएर फसाउने डर धम्की देखाउने गरेका थिए।

ब्याल्क मेल गरेर रकम असुल गरेको उजुरीपश्चात् प्रहरीले उनीहरूलाई बानेश्रबाट बिहीबार पक्राउ गरेको हो। बास्तोलाले साइबर ब्युरोको प्रहरी निरीक्षक भनेर परिचय गराउने गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्