१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामा सिमित

खबर बुक
  • ख-
  • ख+

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामा सिमित भएको छ ।

श्रीलङ्काको कोलम्बोमा हिजो भएको फाइनल खेलमा नेपाल भारतसँग ४÷० गोल अन्तरले पराजित भएसँगै उपविजेतामा सिमित भएको हो ।

भारतलाई जिताउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक–एक गोल गर्नुभयो । जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि उचालेको छ ।

यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला पनि लिएको छ । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्