नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदै

खबर बुक
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन् ।

पहिलो सेमिफाइनलमा आज त्रिभूवन आर्मी क्लव र सुदूरपश्चिम प्रदेशबीच किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान प्रतिस्पर्धा  भइरहेकाे छ ।

यस्तै दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकाडेमी र नेपाल पुलिस क्लब खेल्नेछन् । यो खेल किर्तिपुर मैदानमै दिउँसो सवा १ बजे हुनेछ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।

प्रतियोगिता बाग्लुङ, स्याङ्जा, कास्की, म्याग्दी, पर्वत र नवलपुरका विभिन्न खेल मैदानमा हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्