बौद्धको गेस्ट हाउसमा सामूहिक बलात्कार गर्ने तीन जना जेल चलान

खबर बुक
  • ख-
  • ख+

बौद्ध स्थित लुङता गेस्ट हाउसमा जेठ २९ गते एक युवतीलाई सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पुर्पक्षको लागि जेल चलान गरेको छ । उक्त गेष्ट हाउसको तेस्रो तलामा तीन पुरुषहरूले एक २४ वर्षीया महिलालाई पालैपालो बलात्कार गरेर फरार भएका थिए ।

घटना घटेको सूचना पाएपछि तत्काल प्रहरी वृत्त बौद्धबाट प्रहरी अधिकृत सहितको टोली पिडित युवतीलाई उद्धार गरी स्वास्थ्य परिक्षण तथा आवश्यक औषधी उपचार समेत गराएको थियो

उक्त घटनामा संलग्न सिन्धुपाल्चोकको मेलम्ची-२ घर भई हाल काठमाडौं बस्ने रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, सर्लाहीको बागमती नपा-४ भई हाल काठमाडौं बस्ने उत्तम लामा भन्ने उत्तरमान मुक्तान र बौद्धकै रितेश तामाङलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।

गेस्ट हाउस संचालक आङ निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पाले पिडितले रोई कराई हार गुहार गर्दा समेत वास्ता नगरी बचाउने प्रयास नगरी मतियार बनेको पाईएकोले उनी समेत अनुसन्धानको दायरमा आएका थिए ।

काठमाडौं जिल्ला अदालतबाट सोमबार आएको आदेशले सामूहिक बलात्कारमा संलग्न तीन जनालाई पुर्पक्षको लागि जेल पठाएको छ भने गेष्ट हाउस सञ्चालकलाई दश लाख धरौटी राखेर तारेखमा छोडेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्