आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा १०० सैनिकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

अर्मेनिया, २९ भदौ।।आर्मेनिया र अजरबैजानबीच  भएको भिडन्तमा दुबैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ ।
आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन् । त्यस्तै, अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकको पनि मृत्यु भएको बताएको छ ।

छिमेकी दुई राष्ट्रहरूले दुईवटा युद्ध लडेका छन् र तीन दशकमा नियमित रूपमा साना झडपहरू देखेका छन् । मंगलबार रसियाले पछिल्लो अशान्तिका लागि युद्धविरामको मध्यस्थता गरेको बताएको छ ।

नागोर्नो–काराबाख क्षेत्र दुई देशको विवादको केन्द्रबिन्दु हो । यो, अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमाना अनुसार अजरबैजानको एक भाग हो ।

आर्मेनिया बहुसंख्यक–क्रिस्चियन देश हो भने अजरबैजानमा मुसलमानको बाहुल्यता छ । सन् १९९१ को अन्त्यमा सोभियत संघको विघटनअघि दुवै देश सोभियत संघको हिस्सा थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्