बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

न्युज कारखाना
  • ख-
  • ख+

जाजरकोट, १ चैत । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जाजरकोटको कुशे गाँउपालिका-८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैकिंग कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो ।

सोही आधारमा जाजरकोट प्रहरीले सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका रोकायालाई आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक सन्तोष रोका मगरले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्