७ वर्षमा २२ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा जोडिए

खबर बुक
  • ख-
  • ख+

स्वास्थ्य बीमा कार्यक्रम सुरूवात भएको ७ वर्षमा २२ प्रतिशत नागरिक बीमा कार्यक्रममा जोडिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

सरकारले २०७२ सालबाट कैलाली, इलाम र बागलुङसहित ३ जिल्लाबाट सुरू गरेको स्वास्थ बीमा कार्यक्रम हाल ७७ वटै जिल्लामा पुगेको छ ।

बीमा कार्यक्रममार्फत् ५ जनासम्मको परिवारले ३ हजार ५ सय र ५ जनाभन्दा बढी सदस्य भए, प्रतिसदस्यका दरले ७ सय रूपैयाँ बुझाए २० हजारदेखि २ लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था रहेको छ ।

चालु आर्थिक वर्ष भरीमा ३५ प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने लक्ष्य रहेको बोर्डका प्रवक्ता शम्भु प्रसाद ज्ञवालीले बताउनुभयो ।

सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी÷एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएकालाई भने निःशुल्क बीमा गर्ने गरेको छ, तर पनि स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागिता उलेख्य हुन सकेको छैन ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत हालसम्म २३ अर्ब रूपैयाँ निकासा गरिसकेको छ । अझै ५ अर्ब रूपैयाँ निकासा गर्न बाकी रहेको समेत उहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्