बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला मात्रै होः नेपाल प्रहरी

खबर बुक
  • ख-
  • ख+

तराईका विभिन्न जिल्लामा केही दिनदेखि बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्दै सामाजिक सञ्जालमा आइरहेका फोटो, भिडियो नेपालको नभएको नेपाल प्रहरीले दाबी गरेको छ ।

सामाजिक सञ्जालमा त्यस्ता सामग्री राखेर गलत हल्ला चलाउनेको बारेमा निगरानी बढाइएको र कारबाहीका लागि साइबर व्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।

सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानुनी कारबाही गर्ने व्यूरोका उपनिर्देशक तथा प्रवक्ता पशुपति कुमार रायले जानकारी दिनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले हल्ला चलेजस्तो वास्तविक सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

बालबालिका अपहरणका लागि समूह नै सक्रिय भएको भन्ने हल्ला चलेपछि केही विद्यालयले पनि अभिभावकलाई आफ्ना बालबालिकाको ख्याल गर्न सूचना पठाएका खबर पनि सार्वजनिक भएका थिए ।

तर त्यस्तो हल्लाको पछि नलाग्न प्रहरीले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्