निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिकाे  बैठक बस्दै छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले आज बयान सक्ने तयारी गरेकाे छ।

समितिले जबरालाई बयानका लागि दिउँसो १ बजे बोलाएको छ।

बैठक भने बिहान ११ बजे बोलाइएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिनुभयाे। सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ। जबराविरुद्ध ४३ वटा उजुरी परेका छन्। ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ।

जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए।

समितिको अहिलेसम्म चारवटा मात्रै बैठक बसेको छ। चारवटा बैठकमा समितिले जबरासँग बयान लिइरहेको छ। बयानका क्रममा उहाले राजनीतिक दलका शीर्ष नेता र आफ्नै सहकर्मीलाई आरोप लगाउनुभएकाे छ । त्यस्तै उहाले आफूविरुद्धको महाभियोगको औचित्य नै नभएको बताउँदै आउनुभएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्