एएफसी यु-२०: कतारसँग नेपाल पराजित 

खबर बुक
  • ख-
  • ख+

एएफसी यु-२० एसियन कप छनोटको समूह बीअन्तर्गत गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोलको नतिजामा पराजित भएको छ ।
बहाराइनमा भएको खेलको ३०औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकमार्फत गोल गर्दै मोहमद सुरागले कतारको अग्रता दोब्बर पारेका थिए ।  दोस्रो हाफमा सम्हालिने प्रयास गरेको नेपालले ६०औं मिनेटमा पुनः गोल खायो ।

बलियो देखिएको एसियाली पावरहाउस कतारका लागि जासिमल मोहमदले तेस्रो गोल गरेका थिए । त्यसको १७ मिनेटपछि कतारकै डिफेन्डरले दिएको पासमा गोलकिपर अमिर हसनले गल्ती गर्दा नेपालले आत्मघाति गोल उपहार पायो ।

पराजयसँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना कमजोर बनेको छ । सोमबार नै भएको खेलमा बंगलादेशले भुटानमाथि २–१ को कठिन जित निकालेको थियो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटानको यो पहिलो हार थियो । यस्तै, पहिलो खेलमा घरेलु टिमलाई गोलरहित बराबरीमा रोक्न सफल बंगलादेशको भने यो नै पहिलो जित हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्