आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर हुदैन- प्रमुख निर्वाचन आयुक्त

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पार्नुभएको छ ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा बिभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पार्नुभयो । नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरु नै खर्चको सीमामा असन्तुष्ट देखिएको उहाले बताउनुभयो । थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरुको खर्च पनि सवै दलले नै व्यहोर्ने व्यवस्था भए झन उचित हुने जिकिर गर्नुभयो । निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने गरी खाका तयार गरिरहेको उहाले बताउनुभयो । त्यस्तै उहाले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहदा वा नरहदा फरक हुने देखिएकाले समस्या हुने गरेको धारणा राख्नुभयो । उहाले मन्त्री मात्रै नभई कोहि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले पनि निर्वाचन प्रचार गर्न नपाउनेमा आयोग प्रष्ट रहेको बताउनुभयो । निर्वाचन आचारसंहिता उलंघन गरेको प्रमाण फेला परे आयोगले आवश्यक कारवाही गर्ने उहाले बताउनुभयो ।

त्यस्तै उहाले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले निर्वाचन खर्च, प्रचारप्रसार लगाएतका बिषयमा आयोगले गरेको व्यवस्थाका बारेमा ज्ञिसासा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्