आज तिन प्रदेशका केहि ठाउँमा ठूलो पानी पर्ने अनुमान

खबर बुक
  • ख-
  • ख+

आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि भने लगातारजसो पानी पर्ने सम्भावना छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही दिन मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह पनि गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्