चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली नेतृत्वको टोली आज नेपाल आउँदै

खबर बुक
  • ख-
  • ख+

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउँदैछ ।

उहाँ नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै दिउँसो नेपाल आउन लागेको हो । नेपाल आउनेबित्तिकै उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गर्ने कार्यक्रम छ ।

भोलि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ । लीले पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्