दलिय स्वार्थका कारण न्यायापालिका ध्वस्त हुने अवस्थामा पुगेको छ : प्रधानन्यायाधीश जबरा

खबर बुक
  • ख-
  • ख+

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दलिय स्वार्थका कारण न्यायापालिका ध्वस्त हुने अवस्थामा पुगेको बताउनुभएको छ ।

संसदको महाभियोग समितिमा आइतबार बयान दिने क्रममा जबराले आफ्नो स्वार्थपूर्ति गर्न राजनीतिक दलहरुले न्यायपालिकालाई ध्वस्त पार्न खोजिएको आरोप लगाउनुभएको हो । उहाले दलहरुलाई साथमा लिएर प्रधानन्याधिश हुने स्वार्थका कारण आफुलाई महाभियोग लगाइएको जिकिर गर्नुभयो । जबराले बारले आफुलाई हटाउन खोज्दा नसकेपछि दलहरुको साहारा लिएको आरोप पनि लगाउनुभयो ।

उहाले कानूनी शासनलाई उपेक्षा गर्दै गठबन्धनले निर्णय गरेर आफुलाई महाभियोग लगाएको जिकिर गर्नुभयो । वयानका क्रममा जवराले आफुलाई लगाइएको आरोप पुष्टि हुने कुनै आधार नभएर नै आफु समितिमा फेस गर्न आएको र कुनै हालतमा महाभियोग पारित हुन नसक्ने पनि बताउनुभयो । त्यस्तै उहाले सर्वोच्च अदालतको भवन निर्माणका क्रममा कुनै अनियमितता नभएको र अनियमितता भएको भए अख्तियारले नै टुङ्गो लगाउने उल्लेख गर्नुभयो ।

समितिले जवरासंग ३५ वटा प्रश्नको जवाफ लिएको छ । सो क्रममा जबरा रक्षात्मक देखिएको र सहकर्मीहरुलाई नै आरोप लगाएको कांग्रेस नेता मीन विश्वकर्माले बताउनुभयो । जबराको जवाफले नै आरोपहरु पुष्टि हुँदै गएको उहाको भनाई छ । त्यस्तै एमाले नेता कृष्णभक्त पोखरेलले ३५ औं नंवरको प्रश्नको जवाफ सोमबार सकिएको र अन्य प्रश्नहरु आगामी बैठकमा सकिने जानकारी दिनुभयो । उहाले समितिमा ढिलो गरि प्रतिवेदन आएकाले बयानको कार्यपनि ढिलाई भएको बताउनुभयो ।

गत फाल्गुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । समितिको अर्को बैठक मंगलबार बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्