सांसदहरूको कार्यकाल आगामि असोज १ गते सकिने 

खबर बुक
  • ख-
  • ख+

२०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरूको कार्यकाल आगामि असोज १ गते सकिने भएको छ ।

असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरूलाई बिदाई गर्ने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ । ५ वर्षअघि अर्थात २०७४ मङ्सिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरू पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए । प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निक्र्यौल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक राखेर सांसदहरूलाई बिदाइ गर्न लागिएको हो ।

१ गते अन्तिम बैठक राख्ने र त्यसपछि सभामुखले भोज दिएर विदाई गर्ने कार्यक्रम राखिएको सचिवालयले जनाएको छ । त्यसअघि भदौ २९ गते पनि संसदको बैठक राखिएको छ । सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सरकारको तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्