तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न चिनिया अधिकारीसंग छलफलमा छु- परराष्ट्रमन्त्री

खबर बुक
  • ख-
  • ख+

परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसंगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफुले निरन्तर चिनिया अधिकारीसंग छलफल गरिरहेको बताउनुभएको छ ।

आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसंगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाइ सहज रुपमा सञ्चालनका लागि आफुले पटक पटक चिनिया अधिकारीसंग छलफल गरेको बताउनुभएको हो । उहाले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको बिभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गर्नुभयो । तीव्वतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उहाले बताउनुभयो । उहाले आपूर्ति सहज गर्नका लागि आफु प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गर्नुभयो ।

त्यस्तै कांग्रेस नेता बस्नेतले नेपाली व्यापारिहरुले करौडौ लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । उहाले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा व्यवसायीहरुले बिनासकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लािग राज्यले गम्भीर भएर चीनसंग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि शनिबार केहि कन्टेनरहरु सो नाका हुँदै नेपाल भित्रिएका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्