बाडुली रोकिएन ? यसो गर्नुहोस् हराउँछ

खबर बुक
  • ख-
  • ख+

बाडुली लाग्दा लामो समयसम्म हिक्कहिक्क हुन्छ । यसलाई गाउँघरमा कसैले सम्झेको भन्ने गरिन्छ । तर वैज्ञानिक रूपमा तातो खाने बित्तिकै चिसो खाने वा धेरै खुर्सानी खाने गर्दा बाडुली लाग्छ भन्ने तर्क छ । यसरी लाग्ने बाडुली रोक्न केही घरेलु उपाय छन् ।

– कागती
रक्सी पिएर बाडुली लागेको भए कागती उपयोगी हुन्छ । कागतीको एक चौथाइ टुक्रा काटेर मुखमा हाल्ने र बिस्तारै चपाउने गरे बाडुली हराउँछ ।

– मह
बाडुली लाग्ने बित्तिकै एक चम्चा मह खाँदा आराम हुन्छ ।

– चिसो पानी
बाडुली लाग्दा एक गिलास चिसो पानी पिए पछि ठिक हुन्छ । अझ पानी पिउँदा नाक बन्द गरेमा बाडुली रोकिन्छ ।

– आइस ब्याग
बाडुली रोक्न गर्धनलाई आइस ब्यागमा राख्दा राहत पाउन सकिन्छ ।

– पीनट बटर
पीनट बटर खाँदा पनि बाडुलीबाट राहत मिल्छ । यो खाँदा सास लिने प्रक्रिया प्रभावित हुन्छ जसले बाडुली रोक्छ ।

– घुँडालाई छातीमा राख्दा
बाडुली रोकिएन भने घुँडालाई छातीमा लगेर टाँस्दा मांसपेशीहरूको खुम्च्याइ टाढा भाग्छ ।
पञ्जाब केशरी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्