राष्ट्रिय सभाको आजको लागि तय भएको बैठक सर्ने सम्भावना

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय सभाको आजको लागि तय भएको बैठक सर्ने सम्भावना रहेको छ ।

दिउँसो १२ बजेर ५९ मिनेटका लागि बोलाइएको बैठक स्थगित हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बेलायती महारानी एलिजावेथको निधनमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएकाले बैठक स्थगित हुने सम्भावना छ ।

यसअघि हिजोका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि ४ दिनका लागि स्थगित गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्