अमेरिकाको न्यूयोर्क राज्यमा पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा

खबर बुक
  • ख-
  • ख+

अमेरिकाको न्यूयोर्क राज्यमा पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा गरिएको छ ।

न्यूयोर्कका गभर्नर हेची कोचुलले काउन्टि सहरमा फोहोर पानीको नमूनामा पोलियो भाइरस फेला परेपछि “विपद् आपतकाल” घोषणा गर्नुभएको हो ।

संयुक्त राज्य अमेरिकाले म्यानहट्टनबाट करिब ४८ किलोमिटर उत्तरमा रहेको रकल्याण्ड काउन्टीमा जुलाईमा झण्डै एक दशकपछि पोलियोको पहिलो पुष्टि भएको थियो ।

न्यूयोर्कका स्वास्थ्य अधिकारीहरूले ढलको पानीमा भाइरसको लक्षणहरू जाँच गर्न थालेको बताएका छन् ।

ओरेन्ज, रकल्याण्ड, सुलिभन काउन्टीसहित अन्य सहरमा अप्रिलदेखि लिइएका नमूनाहरूमा पनि भाइरस पत्ता लागेको पनि बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्