आज देशका अधिकांश स्थानमा पानी पर्ने

खबर बुक
  • ख-
  • ख+

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा पानी पर्ने जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको भन्दै महाशाखाले देशभर आंशिकदेखि सामान्य मौसम बदली रहने बताएको छ ।

आज बिहानैदेखि लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहितको वर्षा भइरहेको र बाँकी प्रदेशमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्