वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आइपीओमा १० प्रतिशत आरक्षण कोटा तर श्रम स्वीकृति आवश्यक

खबर बुक
  • ख-
  • ख+

वैदेशिक रोजगारीमा रहेका नेपालीले अबदेखि प्राथमिक सेयर निष्कासन अर्थात (आइपीओ)मा १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई पाँचौ पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आइपीओमा आरक्षण दिने व्यवस्था गरेको हो । सर्वसाधरणले पाउँदै आएको ३० प्रतिशतबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको बैदेशिक रोजगार विभागले जनाएको छ । तर यस्तो आरक्षण कोटा भने श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र प्रयोग गर्न पाउनेछन् ।

हालको व्यवस्था अनुसार आइपिओ जारी गर्दा सङ्गठित संस्थाले जारी पुँजीको १० प्रतिशत, आयोजना प्रभावितलाई छुट्याउनु पर्छ । यस बाहेक सर्वसाधरणलाई जारी हुने कुल सेयरको ५ प्रतिशत म्युचुअल फन्डहरुलाई आरक्षित हुने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्