गठबन्धन बलियो भए मात्रै काँग्रेस बलियो हुने प्रधानमन्त्री देउवाको दाबी

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै काँग्रेस बलियो हुने दाबी गर्नुभएको

छ ।

१०९ औं बीपी जयन्तीको अवसरमा नेपाली काँग्रेस चितवनले आज भरतपुरमा गरेको कार्यक्रममा उहाँले चुनाबको समयमा गठबन्धनलाइ बलियो बनाएर लैजानुपर्ने बताउनुभयो । गठबन्धनलाई बचाएर लैजान आवश्यक छ, गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको उहाँको दाबी रहेको थियो । गठबन्धन गरेर गएको खण्डमा फेरि पनि सरकारमा जाने र आफ्नो नीति कार्यान्वयन गर्ने अवसर पाइने भन्दै उहाँले गठबन्धनलाइ कायमै राख्नुको बिकल्प नरहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्