बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

खबर बुक
  • ख-
  • ख+

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शाषण गर्नुभएका महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गएराति निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

७ दशक बेलायतको राजकीय सत्ताको नेतृत्व गरेका एलिजाबेथ द्वितीयको बालमोरल दरबारमा निधन भएको हो । उहाँले सन् १९५२ मा सत्तारोहण गर्नुभएको थियो । महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् ।

अब उहाँका ७३ वर्षका छोरा चाल्र्स बेलायतको नयाँ राजा बन्नुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्