
जुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारासहित जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहिले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । जिल्लाभरका आठै स्थानिय तहको प्रतिवेदन अनुसार जुम्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका सदस्य सचिव एवम जनस्वास्थ्य कार्यलयका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।
यस्तै जिल्लाभर १६ देखि २३ महिनासम्मका दुई हजार सात सय ७५ जना बालबालिकाले राष्ट्रिय खोप तालिका बमोजिम सम्पूर्ण खोप प्राप्त गरेका स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।