सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।
कार्यदलले तयार पारेको प्रस्तावका बारेमा शीर्ष नेताहरूले छलफल गर्न लागेका हुन् ।
नेताहरूका अनुसार ९० सिटमा कार्यदलले सहमति गरेर बाँकी ७५ सिटको बारेमा निर्णय गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिइएको छ ।