प्रथम पत्र प्राप्त गरेको अङ्कको ५० प्रतिशत अङ्कभार मात्रै अर्को चरणमा जोड्ने लोक सेवा आयोगको निर्णय

खबर बुक
  • ख-
  • ख+

लोक सेवा आयोगले लिने प्रथम चरणको परीक्षामा प्राप्त गरेको अङ्कको ५० प्रतिशत मात्रै अन्तिम चरणमा जोडिने भएको छ ।

लोक सेवा आयोगले आर्थिक वर्ष २०७९÷०८० देखि लागु हुने विज्ञापनमा लिखित परीक्षाको प्रथम चरण (प्रथम पत्र) मा उम्मेदवारले प्राप्त गरेको कुल अङ्कको ५० प्रतिशत अङ्कभार मात्रै अर्को चरणमा जोड्ने निर्णय गरेको हो । २०७९ भदौ १३ मा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।

शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सो सरहका पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण प्राप्त गरेको नम्बरको ५० प्रतिशत अन्तिम चरणको योग्यताक्रममा गणना गरिने आयोगको प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिनुभयो ।

सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा अन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णाङ्क ५० को ठाउँमा ३० अङ्क कायम गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्