प्रचण्डलाई सिद्धाउनुपर्छ भन्नेहरु सक्रिय छन- प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र आफुमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा सहिद सुरेश वाग्ले(वासु) स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा प्रतिक्रियावादीसंगको संघर्षकै कारण माओवादी र आफुमाथिको प्रहार नरोकिएको बताउनुभएको हो ।

माओवादीलाई अस्थीरताको कारक देखाएर प्रचण्डलाई सिद्धाउनुपर्छ भन्नेहरु सक्रिय रहेको उहाको भनाई छ । उहाले जनयुद्धपछिको सम्झौता तात्कालिक आवश्यकता रहेको भन्दै जनयुद्धको बाँकी एजेण्डा पुरा गर्नका लागि आफु निरन्तर संघर्षमा रहेको धारणा राख्नुभयो ।

उहाले नेपाली जनताको साथ र सहयोग कारण माओवादी पहिलो पटक सरकारमा पुग्दा जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने माइनुटमा सहि गरेको तर राजपत्रमा प्रकाशित हुन नसेकाले उक्त लडाई गठबन्धनबीच अहिले पनि जारी रहेको बताउनुभयो ।

कार्यक्रममा कम्युनिष्ट ऋषि कट्टेलले कम्युनिष्ट आदर्शलाई बिर्सन नहुने धारणा राखेपछि प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई फुटाउने काम ऋषि कट्टेलबाटै भएको तर्क गर्नुभयो ।

उहाले आदर्शका कुरा गर्न सजिलो हुने तर व्यवहारमा उतार्न कठिन रहेको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेको स्मृति ग्रन्थ बिमोचन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्