राष्ट्रियसभा समितिका नवनिर्वाचित सभापतिहरुद्वारा पद तथा गोपनियताको सपथ

खबर बुक
  • ख-
  • ख+

राष्ट्रियसभा अन्तर्गतका चार बिषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरुलाई सपथ खुवाउनुभएको हो । चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धीत समितिको बैठकले उनीहरुलाई निर्विरोध सभापति चयन गरेको थियो ।

जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले सपथ लिनुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्