प्रधानमन्त्री प्रचण्डको वर्तमान कार्यकालमा शान्ति प्रक्रियालाई पूर्णता दिने गजुरेलको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १० । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री प्रचण्डको वर्तमान कार्यकालमा शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री प्रचण्डले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको र शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताउनुभएको हो । गजुरेलले आफूले आफ्नो ठाउँबाट अहिले प्राप्त गरेको जिम्मेवारीलाई ईमानदारिता र निष्ठापूर्वक आफ्नो क्षमताअनुसार काम गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।

उहाले विगतमा आफू ९ महिना कृषिमन्त्री भएको बेला नाकाबन्दीको अवस्थामा पनि मलको अभाव हुन नदिएको स्मरण गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्