तस्बिरमा टुँडिखेलको सोनाम ल्होछारको उत्सव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ माघ । तामाङ समुदायले आइतबार सोनाम ल्होछार पर्व मनाइरहेका छन् । सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली रहेको बताए ।

बालबालिकादेखि वृद्धवृद्धासमेत कार्यक्रममा सहभागी भएका थिए । तामाङसहित अन्य समुदाय व्यक्तिहरुले पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्