पठानप्रति दर्शक र हलवालाको यस्तो क्रेज

खबर बुक
  • ख-
  • ख+

मुम्बई, ८ माघ।अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक फिल्म ‘पठान’ यही बुधबार अर्थात जनवरी २५ बाट रिलिज हुँदैछ ।

फिल्म रिलिजको तयारी भइरहँदा अभिनेता शाहरुख खान र उनका फ्यान जति उत्साहित छन्, त्यो भन्दा बढी उत्साह हलवालामा छ । भारतका सीमित ठाउँमा मात्र फिल्मको बुकिङ खुलिरहँदा दर्शकले सबै हलमा बुकिङ खोल्न माग गरिरहेका छन् । अधिकांश हलवालाले लामो समयसम्म दर्शकहरु फिल्म हेर्न हलमा नआइरहँदा फिल्म ‘पठान’ले ती दर्शक पुनः हलमा आएर टिकट बुक गर्न थालेको बताएका छन् ।

फिल्म व्यापार विश्लेषक तरण आदर्शले ‘पठान’ प्रति फिल्म उद्योगका सबैजना उत्साहित र आशावादी रहेको बताए । ‘मैले प्रमुख तीन प्रदर्शकसँग कुरा गरेको थिएँ । उनीहरु खुशीले उफ्रिएका छन् । उनीहरु फिल्मलाई २५ जनवरीभन्दा अगाडि नै ल्याउन माग गरिरहेका छन् । एउटा फिल्मको लागि सिंगो उद्योग नै आश्रित हुनु एउटा दुर्लभ उदाहरण नै हो । यसले अगाडिको बाटो देखाउनेछ । पहिलो त्रैमासिकमा धेरै राम्रा फिल्म आउँदैछन् । तर जब पहिलो बलमा चौका मारिन्छ, त्यसको महत्व नै फरक पर्छ’, तरुण भन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्