दुर्गमका जिल्लामा यस वर्ष दशैं तिहारमा खाद्यान्न अभाव नहुने

खबर बुक
  • ख-
  • ख+

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दशैं तिहारमा खाद्यान्न अभाव नहुने बताएको छ ।

हाल प्रादेशिक तथा मुख्य शाखा कार्यालयहरूमा १ लाख ८ हजार क्वीन्टल र जिल्ला स्थित शाखा कार्यालयहरूमा २२ हजार २ सय क्वीन्टल खाद्यान्न मौज्दात छ । चालु आर्थिक वर्षका लागि १ लाख ८६ हजार ७ सय क्वीन्टल चामल तथा खाद्य वस्तुको समेत ढुवानी प्रक्रिया अघि बढाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले जानकारी दिनुभयो ।

उहाँले दुर्गमका नागरिकलाई खाद्यान्न अभाव हुन नदिने गरि काम भइरहेको बताउनुभयो । यसवर्ष सबैभन्दा बढी हुम्लामा ३१ हजार ५ सय, डोल्पामा २६ हजार ८ सय, जाजरकोटमा २० हजार, मुगुमा १९ हजार ५ सय क्वीन्टल चामल पठाउने तय भएको छ । ताप्लेजुङ, भोजपुर र रोल्पामा १ हजार क्वीन्टल चामल पठाइँदै छ ।

सरकारले चालु आर्थिक वर्षका लागि चामल ढुवानी गर्न अनुदान स्वरुप ४७ करोड ५३ लाख विनियोजन गरेको छ । दुर्गमका जिल्लामा यातयातको सहज पहुँच नपुगेकै कारण चामलको मूल्यभन्दा चार गुणा बढी खर्चेर कम्पनीले हेलिकप्टरबाट ढुवानी गर्दै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्