अवैध सालसहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

महोत्तरी, ७ माघ।प्रहरीले अवैध सालको काठ वरामद गरेको छ । शुक्रबार महोत्तरीको बर्दिबास स्थित वडा न.१४ को भित्री सडकवाट ट्याक्टरमा लोड गरेर लैजादै गरेको ७९.१ क्युफिट सालको काठ वरामद गरेको हो ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको प्रहरीले २-०३-००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठ सहित उक्त ट्याक्टरका चालकलाइ पनो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा न.१४ का नै २३ बर्षिय विशाल मगर छन । उन्लाइ पक्राउ गरि थप अनुसन्धानको लागी सव डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्