राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदै

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ ।

विधायन व्यवस्थापन समिति, राष्ट्रिय सरोकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिको सभापति चयनका लागि आज निर्वाचन हुन लागेको हो ।

सभापति चयनको लागि दिउँसो १ बजे सम्बन्धीत समितिमा मतदान हुने संसद् सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेका पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ ।

त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाँप्रसाद शर्मा र दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली काँग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ । निर्वाचित सभापतिले आजै दिउँसो २ बजे सपथ ग्रहण गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्