सरकारले गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने

खबर बुक
  • ख-
  • ख+

सरकारले गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कोरियाको रोजगारीबाट फर्किएका श्रमिकहरूको स्थिर पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले भदौ २७ र २८ गते सिगापुरमा आयोजना हुने फ्याक्ट इन्टरपोल राउन्ड टेबलमा इन्गेजमेन्ट कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिवलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ भने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भदौ २० गतेदेखि २३ गतेसम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै बैठकले नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उससमितिको बैठकका लागि वार्ता टोली गठन गर्ने, स्पेन सरकारबाट अम्बिका श्रेष्ठ, अर्चना श्रेष्ठ , संगिता श्रेष्ठ, वसन्तकुमार चौधरी र प्रविण कुमार प्रधानलाई प्रदान गरिने पदक ग्रहण गर्न स्वीकृत दिने निर्णय भएको उहाले बताउनुभयो ।

मन्त्रीपरिषद्ले भारतीय विदेश सचिवको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई २८ देखि २९ भदौसम्म भारत भ्रमणका लागि स्वीकृत दिने र

सप्तरी जिल्ला हाल राजविराज नगरपालिका १३ वडा स्थित सरकारी जग्गा मधेस कृषि विश्वविद्यालय सप्तरीलाई लिजमा उपलब्ब गराउन स्वीकृत दिने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रिय खेलकुद नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्