१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ

खबर बुक
  • ख-
  • ख+

सप्तरी, ४ माघ ।सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।

निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ परेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए  । ईन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्