भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डे र प्रधानमन्त्री देउवाविच शिष्टाचार भेट

खबर बुक
  • ख-
  • ख+

नेपाल भ्रमणमा रहनुभएका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासंग शिष्टाचार भेट गर्नुभएको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रसंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको थियो ।

त्यस्तै भारतका सेना अध्यक्ष पाण्डेले नेपालसंग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो । उहाँले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्