महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

खबर बुक
  • ख-
  • ख+

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले गर्नुहुनेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेको छ भने समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलङ्का र भुटान रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटानबीचको खेल साँझ ५ ः ३० मा सुरु हुनेछ । साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ भने भुटान पनि प्रतियोगितामा जितसहित सुखद सुरुआत गर्न चाहन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्