प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी विधेयक ल्याउन लागेको भन्दै आलोचना भएपछि विधेयक संशोधन गरेर निस्क्रिय बनाउन लागेको हो ।
आजको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
मन्त्री शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी पनि प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।