झापा-५ बाट केपी ओलीको नाम सिफारिस

खबर बुक
  • ख-
  • ख+

झापा, २० भदौ । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम  सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्