
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले निर्वाचनसम्म गठबन्धन बनाएर जाने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महतले आगामी निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको भन्दै कुनै विवाद नरहेको बताउनुभएको हो ।पार्टीभित्रको मतमतान्तर पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिको बैठकमा समाधान हुने उहाको भनाई छ ।
उहाले गठबन्धनका बारेमा मतदातालाई भ्रम सिर्जना हुन नदिने जिकिर गर्नुभयो । कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगरे अर्को दलले माओवादीसँग गठबन्धन गर्नसक्ने उहाँको भनाइ छ । उहाँले देशको ठूलो पार्टी कांग्रेसमा निर्वाचनका लागि धेरै आकांक्षी हुनु स्वाभाविक भएको र सवैलाई मिलाएर लैजाने बताउनुभयो ।
उहाले आगामी निर्वाचनमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्वाचनको समयमा परिचालन गर्ने जिकिर गर्नुभयो ।