मुुलुकको शासन प्रणाली र चुनाव प्रणाली बदल्न आन्दोलनमा जाने : प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शासन प्रणाली र चुनाव प्रणाली बदल्न आन्दोलनमा जाने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले शासन प्रणाली र चुनाव प्रणाली परिवर्तन गरि मुलुकलाई समाजवादमा लैजान निर्वाचन पछि सडकमा जाने बताउनुभएको हो ।

अरुले गर्ने आन्दोलन प्रतिगमन मात्रै भएको तर समाज रुपान्तरणको आन्दोलन आफुहरुले बाहेक अरुले गर्न नसक्ने उहाले बताउनुभयो । प्रचण्डले सांसद नै मन्त्री, प्रधानमन्त्री हुुने व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत गरेको समेत बताउनुभयो । जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रमुखले मन्त्री छान्न पाउने अधिकार दिए मात्र भ्रष्टाचार अन्त्य हुने उहाको भनाई छ । उहाले मुलुकको व्यवस्था परिवर्तन गर्नका लागि कम्युनिष्ट एकता गर्नका लागि आफुले नै प्रस्ताव गरेको र एकतापछि सफल हुन नसकेको जिकिर गर्नुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई परिचालिन र आकर्षित गर्ने न्युनतम पक्ष दलमा नभए पार्टी र दलको कुनै अर्थ नरहने बताउनुभयो । समाजवादको नेपाली मोडललाई प्राथमिकतालाई ध्यान राखि समाजवादको बाटो तय गर्नुपर्ने उहाको भनाई छ ।

त्यस्तै एमालेका नेता घनश्याम भुसालले वाममोर्चा बनाउन नसक्दु दुखद भएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्