
काठमाडौं, मंसिर २७ । काभ्रेको बेथानचोक गाउँपालिका–४ सवाल गणेशस्थानमा जन्ती बस दुर्घटना भएको छ ।
बेथानचोकबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भएको भएपनि संख्या यकिन भइसकेको छैन ।
दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।