काठमाडौं, मंसिर २७ । स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले आज धनुषाबाट एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नंं १ का २३ वर्षीय उमेश कुमार रहेका सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।
धनुषाको विदेह नगरपालिका ९ इटहर्वाको सीमा इलाकामा भारतबाट आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर राखेको अवस्थामा २४ लाख १७ हजार रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।