सेयर बजारमा ६ अंकको वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ भदौ । सेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६.६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो ।

आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ ।

आज होटल तथा पर्यटन र म्युचियल फण्डबाहेक सबै समूहका सेयरमा सकारात्मक संकेत देखिएको छ । ननलाईफ इन्स्युरेन्स र विकास बैंकका सेयरधनीहरू नाफामा रहे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्