फिफा विश्वकप २०२२ अहिले कतारमा जारी रहेको छ ।
२२ औ पटक आयोजना भएको विवकपको आयोजना विश्वकप इतिहाशमा पहिलो पटक अरब राष्ट्र वा एउटा मुस्लिम राष्ट्रमा आयोजना भैरहेको हो ।सन् २००२मा जापान र साउथ कोरियाले आयोजना गरेको वल्डकप पछि, कुनै एसियाली राष्ट्रले वल्डकप आयोजना गरेको यो दोस्रो पटक हो ।
जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको उक्त विश्वकपमा एसियाली टोली जापानले क्वाटर फाइनल साथै दक्षिण कोरियाले सेमिफाइनल सम्मको यात्रा तय गरेर ऐतिहासिक सफलता प्राप्त गरेर इतिहाश रचेको थियो ।
त्यस्तै दक्षिण कोरिया सेमिफाइनल पुग्नु नै आज सम्म एसियाली टोलीले विश्वकप मा गरेको उत्कृष्ट सफलता हो, जुन अन्य कुनै पनि एसियाली टोलीले बराबरी गर्न सकेका छैनन् ।
त्यस्को २० वर्षपछि एसियाली मुलुकले फेरि विश्वकप आयोजना गरिरहेको छ। र यस विश्वकपमा पनि युरोप अमेरिका इतरका राष्ट्रहरुले उत्कृष्ट प्रर्दशन गर्दै विश्वकपमा आफ्नो राष्ट्रको नाममा इतिहास् रचेको छ ।
२ एसियाली टोली जापान र दग्क्षिण कोरियाले क्वाटर फाइनल सम्मको यात्रा तय गर्दा, अफ्रिकि महादेशका राष्ट्रहरुले उत्कृष्ट प्रर्दशन गरेका छन्।
विश्वकप इतिहासमा इतिहास रच्दै ्र मरोक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी अरब मुलुक बनेको छ । यसअघि कुनैपनि अफ्रिकी टोली विश्वकपमा सेमिफाइनल सम्म पुग्न सकेका थिएनन्।
क्वाटरफाइनलमा शनिबार राति पाँचपटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगललाई हराएर मोरक्कोले महादेशीय कीर्तिमान बनाएको हो। सेमिफाइनल पुग्नेक्रममा मोरक्को समूहगत चरणमा उपविजेता बन्यो भने प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै अगाडि बडेको हो ।
मोरक्कोेले यसअघि पाँचपटक विश्वकप खेलेकामा एकपटक मात्र पहिलो चरण पार गर्न सकेको थियो। सन् १९८६ को विश्वकपमा मोरक्को दोस्रो चरणसम्म पुगेको थियो।
मरोक्को लगायत अफ्रिकि र एसियाली राष्ट्रको उत्कृष्ट प्रर्दशनले सम्र्पुण एसियाली साथै अफ्रिकि फुटबल प्रेमिलाई नयाँ आशा जगाएको छ ।
यसैकारण पनि अब आउने दिनमा विश्वकप आयोजनाको जिम्मा एसिया वा अफ्रिकामा हुन सक्ने प्रबल सम्भावना रहेको छ । सायदै कतारमा विश्वकप आयोजना हुनुले फुटबल इतिहासमा हुदै आएको युरोप, दक्षिण अमेरिकाको मनोपली अथवा दबदबा अन्त्य गर्न सक्ने सम्भावना रहेको छ ।
साथै कतारले विश्वकपको आयोजना गरेर पहिलो पटक विश्वकप खेल्ने अवशर मात्र प्राप्त गरेन, उसले आफ्नो देशको कला, सस्कृती, सस्कारको भरपुर प्रचार गर्न सफल भएको छ ।
विश्वमा अरबी मुस्लिम राष्ट्रहरु प्रति राखिने गलत धारणालाई र्चिन सफल भएको यस वल्डकपले अबका दिनमा मुस्लिम राष्ट्र प्रति पश्चिमा राष्ट्रले राख्ने धारणामा परिर्वतन ल्याइ अरब राष्टहरुमा विवभरका पर्यटकलाई आमन्त्रण पनि गरेको छ ।
समग्रमा कतार वा सम्र्पुण अरब राष्ट्र वल्डकप २०२२ को उदेश्यमा सफल भएका छन् । अब बिहिबार हुने फ्रान्स र मरोक्को बिचको दोस्रो सेमिफाइनल खेलमा अफ्रिकि अरबी राष्ट्र मरोक्कोले जित हासिल गरे अरबको यो खुसीमा सुनमा सुगन्ध थपिने छ ।