सनिगाड हाइड्रोले सर्वसाधारणका लागि ६७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ मंसिर । सनिगाड हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उसले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

बझाङमा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रोले सर्वसाधारणहरुका लागि ६७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिक तथा सर्वसाधारणसमेतका लागि हो ।

सनिगाड हाइड्रो कम्पनीका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच साधारण सेयर निष्कासन गरिने सम्झौता गरिएको छ । दुई करोड २५ लाख रुपैयाँ रहेको सनिगाड हाइड्रोको विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्