विजय मगर निर्देशित म्युजिक भिडियो ‘प्रिय म लुटिएँ’ सार्वजनिक भएको छ ।
गीतमा भोइस अफ नेपालका कोच तथा लोकप्रिय गायक प्रमोद खरेलले मर्मस्पर्शी स्वर दिएका छन् । विजय पुन र अर्जुन खड्कासँगै दिदीबहिनी समारिका ढकाल र स्मारिका ढकालकाे भिडियाेमा अभिनय रहेकाे छ ।
एक प्रेमिका पाउने बहानामा जीवन बर्बाद भएको कथालाई जीवन्त ढङ्गले म्युजिक भिडियोमा प्रस्तुत गरिएको मगर बताउछन ।
दामी क्रिएसनले फोर बि. पिक्चरको सहकार्यमा निर्माण गरिएको म्युजिक भिडियोमा सनम तामाङको संगीत, सायर पालमाको शब्द, विशाल निरौलाको एरेन्ज, सुवास लकान्द्रीको आर्ट डिरेक्सन रहेको उक्त गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो ।













