पोखरा, २३ मंसिर । पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।
धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।