काठमाडौं, २२ मंसिर । सर्लाहीमा अवैध लागु औषध गाँजासहित एकजना पक्राउ परेका छन् । सर्लाहीको रामनगर गाउँपालिका १ जिलेवियाका ३२ वर्षीय राकेश सहनीलाई बुधबार पक्राउ गरेको प्रहरी चौकी बहुअर्वाले जनाएको छ ।
प्रहरीले उनलाई दुई किलो अवैध लागु औषध गाँजासहित स्थानीय जिवेलिया चोकमा भेटेको जनाएको ।
यस्तै, कञ्चनपुरमा अवैध लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका- ११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हाे । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।